बुधबार, बैशाख १२, २०८१

चीनले नेपाललाई ५ लाख डोज कोभिडबिरुद्धको खोप अनुदान दिने

काठमाडौ माघ २४,
चीनले नेपाललाई ५ लाख डोज कोभिडबिरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार भएको टेलिफोन सम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोभिडबिरुद्धको खोप दिने घोषणा गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएको जानकारी आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि थप हो भन्ने विषमा भने कुनै प्रष्टिकरण दिएको छैन ।

त्यस्ते चीन सरकारले दिने कोभिडबिरुद्धको खोप सिनोफार्मको आपतकालिन प्रयोगका लागि औषधिका नियमक निकाय औषधि व्यवस्था विभागले स्वीकृति दिने प्रक्रिया शुरु गरेपनि अनुमति स्वीकृतिको प्रक्रिया पूर्ण भइनसकेको सम्वद्ध पक्षले जनाएको छ ।

स्मरण रहोस यसअघि नेपाललाई भारतले १० लाख भाइल खोप अनुदानमा दिएको थियो । सो अनुदान पछि नेपालमा कोभिड बिरुद्धको खोप अभियान शुरु गरिएको थियो ।