मङ्लबार, बैशाख २५, २०८१

कोभिड अपडेट : देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९

काठमाडौ माघ ८,
पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ३६ जना कोभिड संक्रमित थपिएका छन । देशभरका विभिन्न प्रयाृेगशालामा ५ हजार ३० जनाको पीसीआर परीक्षणको क्रममा काठमाडौ उपत्यकामा १ सय ९८ सहित देशभर थप ३ सय ३६ संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको सख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप २ सय २६ जना कोभिड संक्रमित डिस्चार्ज भएसंगै कोभिड मुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै आज उपत्यकामा पहिचान भएका संक्रमिच मध्ये काठमाडौका १४६, ललितपुरमा ३६ र भक्तपुरका १६ जना रहेका छन ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेका छन भने १५० जनाको आइसीयूमा र २४ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छन ।त्यस्तै संक्रमणबाट थप ४ जनाको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७९ पुगेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031