शुक्रबार, बैशाख १४, २०८१

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर स्थानीय तहका वडामा काँग्रेसको प्रदर्शन

काठमाडौं माघ ८,
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा प्रदर्शन गरेको हो ।
यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र न. ८ काठमाडौं महानगरपालिका अन्र्तगत कामपा १९, २३ र २४ वडाका महानगर समितिको संयुक्त आयोजनामा स्थानीय महादेव पार्वती मन्दिर परिसरमा धर्ना सहित प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा लोकतन्त्र हाम्रो प्राण हो , अधिनायकवाद मुर्दावाद, सर्वसत्तावाद मुर्दावाद लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो भने धर्नामा काँग्रेसका विभिन्न तह रतप्काको नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो।

कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा त्यस्तै पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।