बिहिबार, बैशाख १३, २०८१

सहकालका देवता सेतो मच्छिन्द्रनाथको विधिवत महास्नान सम्पन्न 

  • अनुप प्रधान

काठमाडौ माघ ८,
सहकालका देवता सेतो मच्छिन्द्रनाथको आज विधिवत महास्नान गरिएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको लागि हरेक वर्षको पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने परम्परा अनुसार आज महास्नान गरिएको हो । काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथलाइ हिन्दूहरुले हरिहरका रुपमा, बौद्ध धर्मावलम्बी आर्यावलोकितेश्वरका रुपमा तथा वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन ।

महास्नानको क्रममा राजधानीको वसन्तपुरस्थित कुमारीघरबाट जीवित देवी कुमारीलाई समेत लैजाने परम्परा रहिआएको छ ।

त्यस्तै महास्नाानको क्रममा मूल पुरोहितले भार दिशा र अग्नि, नैऋत्य, वायु, इशानकोणको पूजाअर्चना पछि शोभाभगवतीस्थित निर्मल तीर्थबाट ल्याइएको जलले स्नान गरिएको थियो   ।

महास्नानको भोलीपल्ट घाम तपाउने प्रचलन अनरुप मूर्तिलाई घाममा राख्ने बेला बदली हुने जनविश्वास रहिआएकोछ । त्यसपछिका दिनमा १० कर्मको संस्कार समेत गरिने परम्परा रहिआएको छ ।