शनिबार, बैशाख १५, २०८१

प्रचण्ड र माधव नेपालबीच चुलिदै आएको प्रेम सिनेमाको प्रतिविम्व: प्रम ओली

 

काठमाडौं माघ ८,
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमत्री केपी ओली निकटका प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले मुलुकमा पछिल्लो समय पित पत्रकारिता सहित केही सञ्चार माध्यममा ‘राम्रो कुरा देख्न पर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । तर सुन्दिन, हेर्दिन, बोल्दिन’ भन्ने प्रवृति मौलाउनुको अलावा कपोकल्पित समाचार छाप्दै जनतालाई दिग्भ्रमित पार्दै आएको बताउनुभएको छ ।

साथै उहाँले भेलामा सहभागी पत्रकारवृतप्रति लक्षित हुँदै स्वार्थका लागि समाचार लेख्न भन्दा पनि फलानो पार्टीको पत्रकार भनेर चिनिने गरी काम गर्न निर्देशन समेत दिनुभएको छ ।सम्बोधनकै क्रममा उहाँले मुलकमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमप्रति केन्दीत हुँदै सासंद किनबेचको, दलहरूबीचमा लेनादेनाको, घिनोना समीकरणको खेल खेल्न अनेकन परिपञ्च शुरु भएका कारण त्यस्ता विकृति र घृनित कार्य रोक्नका लागि आफुले नयाँ जनादेशको लागि संसद विघटन गर्नु परेको प्रष्टोक्ति दिनुभयो ।

त्यस्तै आफ्नो अभिष्ट भनेको मुलुकको विकास भएको बताउदै आफूहरुले रातो झण्डा बोक्दै आएको र आधिकारिक नेकपा भएको भन्दै प्रचण्ड र माधव नेपालबीच चुलिदै आएको प्रेम सिनेमाको प्रतिविम्व भएको टिप्पणी गर्दै सिनेमाको प्रेममा  वास्विकता केहि नहुनेमात्र मात्र भनेन भीम रावलले आफूलाई महिलाको किड्नी राखेकाले दिमागले काम नगरेको आक्षेपप्रति लक्षित हुँदै मेरो दिमागले काम नगरेको भन्न्े रावलको डा लेखाइमाथि समेत शैका उबजेको बताउनुभयो  ।