बुधबार, बैशाख १२, २०८१

भारत सरकारद्वारा १० लाख मात्रा कोभिड विरुद्धको खोप हस्तान्तरण

काठमाडौ माघ ८,
भारत सरकारको अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप कोभिसिल्ड काठमाडौ आइपुगेको छ । एयर इन्डियाको उडानबाट खोप आज मध्यान्न १० लाख डोज खोप काठमाडौ आइपुगेको हो ।

त्यस्तै काठमाडौं आइपुगेको कोभिड विरुद्धको खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यसलगत्तै भारत सरकारले नेपाल सरकारलाई अनुदा स्वरुप उपलब्ध गराईएको कोभिड खोपको सिम्बोलिक पत्र सहित प्रभानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभएको
छ ।
खोप हस्तान्तरण कार्यक्रममा प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दै भारतले असल छिमेकीको महत्वपूर्ण दायित्व निर्वाह गरेको बताउनुभएको थियो ।