काठमाडौं कार्तिक २३,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ३११ जनाको पीसीआर परीक्षणको क्रममा थप २८१७ जनामा कोभिड संक्रमण पुष्टि भएको र सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८१२ जना डिस्चार्ज भएसंगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ रहेको मन्त्रालयले जनाएकोछ ।
त्यस्तैगरि आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १हजार५३३ जना रहेको र यसमध्ये पनि काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरका १६२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । साथै क्वारेनटिनमा १ हजार १ सय ४९ जना रहेको भने होमआइसोलेसनमा २९ हजार १ सय ९७ जना रहेका छन् । त्यस्तै संक्रमणका कारण थप २१ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।