बिहिबार, चैत्र १५, २०८०

सीसीएमसी बैठक : उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सुरु गर्ने

[ फाइल फोटो ]

होम आइसोलेशनमा बसेका नागरिकलाई स्थानीय वडाका स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श दिने

काठमाडौं कार्तिक २३,
बढ्दो कोभिड संक्रमणको जोखिम विरुद्ध नयाँ निती तय गर्ने आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र [सीसीएमसी] निर्देशक समितिको बैठकले नेपालमा हाल कोभिड संक्रमणको अवस्थाका समिक्षा सहित स्थानीय तहमा होम आइसोलेशनमा बसेका नागरिकलाई स्वास्थ्य परामर्श दिनका लागि स्थानीय वडाका स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श गर्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालयबाट अनुरोध गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले त्यस्तै विदेशमा रहेका नेपालीहरुको शव व्यवस्थापन गर्न बाकी रहेकाले शव नेपाल ल्याउनका लागि व्यवस्थापन गर्न श्रममन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णयसंगै पर्यटन गतिविधिहरुलाई केहि खुल्ला गर्नका लागि केवलकार, जंगलसफारी लगायतका क्षेत्रलाई खुल्ला गर्ने निर्णय समेत गरेको छ ।

दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सुरु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गर्ने निर्णय समेत गरेको् प्रम तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले बताए ।