बिहिबार, बैशाख १३, २०८१

मंसिर १ गते मनाइने भाइटीकाको उत्तम साइत ११ः३७ बजे

काठमाडौं कार्तिक२३,

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म ५ दिन मनाइने बडा दशैँ पछिका नेपालीहरुको दोस्रो महान चाड तिहार कात्तिक २७ गतेदेखि शुरु हुँदै छ ।

त्यस्तै तिहार अन्र्तगत मंसिर १ गते मनाइने भाइटीकाको उत्तम साइत ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यद्यपी सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउदा पनि कुनै समस्या नरहेको समितिले जनाएको छ ।

समितिका अनुसार कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा र कात्तिक ३० गते गाई, गोरु र आत्म पूजन मनाइने भएको छ।

त्यस्तै समितिले नेवार समुदायका केही समूहले भने मङ्सिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेसंगै मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेको जनाउदै मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने बताएकोछ ।