मङ्लबार, बैशाख १८, २०८१

एसिड आक्रमण र आक्रमणकारी विरुद्ध लक्षित नयाँ अध्यादेशको स्वागत

काठमाडौ असोज ११,
महिला, कानून र विकास मञ्चले एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले जारी गरेको अध्यादेशको स्वागत गरेको छ । यसअघ मञ्चले एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो । रिट निवेदनमाथि फैसला गर्दै सर्वोच्चले कानून बनाउन आदेश जारी गरेसंगै सरकारले अध्यादेश मार्फत प्रस्तुत कानुन जारी गरेको हो ।

सरकारले मौजुदा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७७ र फौजदारी कानून तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गरेको हो । जारी अध्यादेशसंगै एसिड आक्रमणका अवका दिनमा त्यस्ता अपराधीलाइ हुने कारवाहीले अपराधीको मनोवल कम हुने कानुन वेत्ताहरुको बुझाइ रहेको छ ।

तर उनिहरुले अध्यादेशमा व्यवस्था गरेको दफागन व्यवस्थाको विषयमा टिप्पणाी गर्दै अनुहार र शरीरमा भएको पीडाअनुसार फरक सजायको व्यवस्थालाई हटाई शरीरको जुनसुकै भागमा चोट लागे पनि कसुरदारको उद्देश्य अनुहारमा पीडा पार्ने भएकाले अनुहार र शरीर भनी नछुट्याई सजायमा एकरूपता दिन आवश्यक रहेको समेत बताएका छन ।