बिहिबार, बैशाख १३, २०८१

थप ४ जनाको मृत्युसंगै उपत्यकामा ७२४ जना संक्रमित थपिए

काठमाडौं असोज १०,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १९ जनाको नमुना परीक्षणको क्रममा थप १२ सय ७ जनामा कोभिड संक्रमण देखिएसंगै मुलुकमा कुल संक्रमित संख्या ७१ हजार ८२१ पुगेको छ।

त्यस्तै अज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप ७२४ जनामा संक्रमण देखिएको छ । यसमध्ये काठमाडौमा ५८३ जना, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जना रहेको मन्त्रालयले जनाएको छ ।  त्यस्तै त्यस्तै सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको १ हजार १४७ संक्रमित कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको मन्त्रालयले जनाएकोछ ।

साथै उपत्यकाका  ४ जना सहित देशभर संक्रमणका कारण थप ८ जना संक्रमितको मृत्यु भएको छ उपत्यकाकामा मृत्यु हुनेमा , काठमाडौमा २० र ७४ वर्षीय, भक्तपुरमा ८८ वर्षीय, र ललितपुरमा ७६ वर्षीय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।