शुक्रबार, बैशाख १४, २०८१

महानगरले रोक्यो वडास्तरमा गरिने कोभिड परीक्षण

काठमाडौं असोज ११,
बड्दो कोभिड संक्रमणको रफ्तारसंगै काठमाडौं महानगरपालिकाले महानगरपालिका अन्र्तगतका वडाहरुमा गर्दै आएको कोभिड परीक्षण अभियानलाइ सरकारको मापदण्डअनुसार परीक्षण गर्ने जनाएको छ । सरकाले कोभिड परीक्षणको लागि संक्रमणको लक्षण देखिएका, वृद्धा वा विदेशबाट आएर केही दिन आइसोलेसनमा बसेकालाई मात्र परीक्षण गर्न निर्देशन दिएसंगै महानगरपालिकाले पनि सोहि मुताविक परीक्षण गर्ने जनाएको हो ।

कामपा जनस्वास्थ्य विभाग सम्वद्ध अधिकारीका अनुसार वडास्तरमा परीक्षणलाई पूर्णरुपमा बन्द नभई अत्यावश्यक भए पुनः परीक्षण गर्ने तर त्तकाललाइविगतमा जस्तो वडाको सिफारिसमा कोभिड लक्षण नदेखिएकालाई पनि परीक्षण गर्ने काम भने स्थगन गरिएको जनाएको छ ।

त्यस्तै महानगरको अनुसार प्राप्त पछिल्लो डाटा अनुसार पहिचान भएका करिब ८ हजार संक्रमित मध्ये महानगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ६६ रहेको त्यस्तै २ हजार ४ सय ४५ जना होम आइसोलेसन, ४ सय ७० जना अस्पताल, ७ सय ४ जना संस्थागत आइसोलेसन, ३ सय ६५ जना सम्पर्कविहीन रहेको जनाएको छ । त्यस्तै ६४ जनाको कोभिड संक्रमितको मृत्यु भएको १७ हजार १ सय ९५ को कन्ट्याक्ट ट्रेसिङ, १२ हजार ९ सय ७१ को पीसीआर परीक्षण गरिएको जनाएको छ ।

महानगरमा पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्दो पाईएको छ । यहाँ दैनिक करिब ४ सयको हाराहारीमा संक्रमित थपिने क्रम बढेको छ ।राजधानीमा कोरोना संक्रमित बढेसँगै स्वास्थ्य मन्त्रालयले उपत्यकामा तत्कालै लकडाउन गर्न सुझाएको छ । स्थानीय निकायले पनि अत्यावश्यक सेवाबाहेक अन्यमा कडाइ गर्न माग गरेको अवस्था छ ।