बिहिबार, बैशाख १३, २०८१

आज मध्यान्न मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै ,मन्त्रीमण्डल पुनर्गठनको सवालमा विशेष निर्णय हुने

काठमाडौ असोज ११,

प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । नियमित मन्त्रिपरिषद बैठक सोमबार बस्ने गरेको भएपनि आज १२ बजेपछि बालुवाटारमा आकस्मिक रुपमा बैठक बोलाइएको प्रमको निजी सचिवालयले जनाएको छ ।

बहुचर्तित मन्त्रीमण्डल पुनर्गठनको चर्चा संगै आज वोलाईएको आकस्मिक मन्त्रीपरिषद बैठकलाइ अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि गत बिहीबार, शुक्रबार र शनिबार समेत ३ दिन सत्तासिन नेकपाका अध्यक्षद्दयवीच मन्त्रीमण्डल पुनर्गठनको विषयमा घनिभुत छलपल भएको र प्रस्तुत छलफलको निष्कर्ष अनुरुपनै आकस्मिक बैठक वोलाईएको र आजको बैठकबाट मन्त्रीमण्डल पुनर्गठनको सवालमा विशेष निर्णय हुने अड्कल गरिएको छ ।