मङ्लबार, बैशाख २५, २०८१

न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव :देशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था

काठमाडौं फागुन १४, मौसम पूर्वानुमान महाशाखाले देशमा पुर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको जनाएको छ ।

त्यस्तै प्रस्तुत वायुका कारणनै देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भईरहेको जनाउँनुको अलावा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै महाशाखाले  आगामी तीन दिनको मौसम पूर्वानुमान तालिका निम्नाुसारको रहने सैभावना जारी बुलेटिनमा उल्लेख गरेका छन ।

फागुन १४ गते (बुधबार)
दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पश्चिमी भू-भागमा आंशिकदेखी सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन्/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । रातीः देशको मध्य भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक-दुई स्थानहरुमा मेघ गर्जन्/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १६ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31