शनिबार, बैशाख ८, २०८१

स्थानीय तहका पदाधिकारीलाइ सुविधा दिन मौजुदा ऐन संशोधन गर्दै प्रदेश सरकार

काठमाडौं फागुन १४ , वाग्मती प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीले सेवा सुविधा प्रदान गर्ने भएको छ । स्थानीय पदाधिकारीलाई तलब सेवा सुविधा लिदै आएको सवालमा यसअघि सर्वोच्च अदालतको आदेश मुताविक रोकलागेसंगै वाग्मती प्रदेश सरकारले ऐन संशोधन गरेर भक्ताको रुपमा स्थानीय तहका पदाधिकारीलाइ सेवा सुविधा प्रदान गर्ने तयारी गरेको वाग्मती प्रदेश सरकार सम्वद्ध स्रोतले जनाएको छ ।

प्राप्त जानकारी अनुसार प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले प्रस्तुत विषयमा नितिगत निर्णय सहित मौजुदा े स्थानीय तहका पधाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ ऐनमा संशोधन गर्दै  बाग्मती प्रदेश अन्र्तगत १३ जिल्लाका स्थानीय तहका पदाधिकारीलाइ भत्ताको रुपमा सेवा सुविधा दिने निति तय गरको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।