सोमवार, बैशाख २४, २०८१

कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै

कतारका अमिरलाई स्वागत काठमाडौँ, ११ वैशाखः नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदिपराज वन्त÷रासस

नेपाल–कतार सम्बन्धका समग्र पक्षमा  विचारविमर्श संगै विभिन्न सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं बैशाख १२ ,
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणका लागि मङगलबार अपराह्न नेपाल आइपुग्नुभएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री ‘प्रचण्ड’वीच आज द्विपक्षीय वार्ता हुने भएको छ ।

कतारी राजा र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विपक्षीय प्रतिनिधिमण्डलबीचको वार्ताको क्रममा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा  विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै परराष्ट्र मन्त्रालयले वार्तापछि उहाँहरूको उपस्थितिमाद्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने जनाउँदै नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसंगै दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा समेत हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाएको छ ।

त्यस्तै कतारी राजाकोसम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नुहुनेछ । कतारका राजा आजै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।