सोमवार, बैशाख २४, २०८१

आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ

काठमाडौं बैशाख १२ ,
निर्वाचन आयोगले आज  राति १२ बजेदेखि प्रतिनिधि सभा इलाम क्षेत्र नं २ र बझाङ १[१] मा हुने उपनिर्वाचनको मौन अवधि प्रारम्भ हुने जनाएको छ । मौन अवधि अर्थात ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न नपाइँने आयोगले जनाएको छ।

त्यस्तै आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको सबै तयारी पूरा भएको जनाउँदै उक्त दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय समय समेत निर्धारण गरेको छ।  रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभा बझाङमा १[१] मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।