सोमवार, बैशाख २४, २०८१

गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं

काठमाडौं बैशाख १२ ,
गण्डकी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध दर्ता भएको रिट निवेदन माथि आज पनि सुनवाइ हुने भएको छ । सोमबार उक्त रिटमाथिको सुनवाइ नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले रिटको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको थियो ।

गण्डकी प्रदेशसभा पछिल्लो समय भएको सरकार परिवर्तन पछि प्रदेश सरकार गठनको क्रममा प्रदेश प्रमसखले सभामुखसहितको हस्ताक्षरमा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई गत चैत २५ मा मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका हो । यसअघि चैत २८ मा प्रस्तुत रिटको सुनवाइ गर्दै सर्वोच्चले कुनै पनि महत्वपूर्ण निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

तर यसवीचमा मुख्यमन्त्री अधिकारीको सिफारिसमा प्रमेश प्रमसखले बैशाख ७ का लागि विश्वासको मत माग्ने प्रयोजनका लागि संसद्को अधिवेशन आह्वानका गरेसंगै नेपाली कांग्रेस र राप्रपाले बाहिष्कार गरेपछि सभामुखले अनिश्चितकालका लागि स्थगित गरेका छन् । त्यस्तै मुख्यमन्त्री अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरेको भन्दै अवहेलनासम्बन्धी थप पूरक निवेदन समेत दर्ता भएका छन ।