सोमवार, बैशाख २४, २०८१

आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन

काठमाडौं बैशाख १२ ,

 आज बैशाख १२ अर्थात निमेषभरमै भूकम्पका कारण ९ वर्ष अघि तहसनहस भएको अवस्था । त्यसवेला गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पको समयवधी ९ बर्ष पुगेको छ । भूकम्पका कारण १० लाख निजी घरमा क्षति पुग्नुको अलावा सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो भने असख्य नेपाली र पर्यटकको समेत मृत्यु भएको थियो ।

त्यस दिनको स्मरण मात्र गर्दा आफैमा कहाली लाग्दो अवस्था थियो । जुन आज यहाँ प्रस्तुत गर्न मनासिव रहेका छन । त्यसवेला भू–कम्प पछि स–साना वालवालिका आफ्ना आमा वावु खोजिरहेका र वृद्धवृद्धा आफ्नो सहारा सन्तान खोजिरहेका कहालि लाग्दा दृश्हरु देखिन्थे ।

ग्रमिण भेगका गाँउ वस्तिहरु ओत लाग्नलाई त्रिपाल र प्यास मेटाउने एक तुर्को पानीको अभावमा छटपटिएर वसिरहेका दृश्यहरुले आँखा रसाउँदथे । गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर ,धादिङ्ग, रसुवा लगायतका जिल्लाका ति कारुणिक दृश्यले एउटा मानव मन छिाया छिया पारेको छ । राजधानीको सुन्धाराको नौ तल्ले धरहरा वरपरदेखि वालाजु क्षेत्रका वस्तिहरु वचाउ–वचाउको आवाजले गुन्जिरहेका सुनिन्थे । कति च्यापिय कति थिच्चिए कतिले अइय्या पनि भन्न पाएनन् । कतिको त २ दिन, ३ दिन पछि जिवितै उद्धार पनि भयो तर जे देखियो त्यो सबै कहालि लाग्दो थियो । शब्दले वयान गर्न नसकिने थियो ।

त्यस्तै राजधानीका मैतिदेवि, ठमेल, असन, झोछे जस्ता साना गल्लि भएका वस्ती दोश्रो दिन आइतवार मसानघाट झैं सुनसान भएका थिए । जर्मनका पत्रकार साथिहरुले ड्रोन क्यामेराको मद्दतले कोही जिवितै छन की भनेर आँफु टाढा रहेर ड्रोन क्यामेराहरुलाई गल्लिभित्र पठाएर रिर्मोटबाट दृश्य कैद गरिरहेका थिए । सबै भन्दा बढी त पशुपति आर्यघाटमा सामूहिक रुपमा भइरहेका दाहसंस्कारका दृश्यले मुटु टुक्रा–टुक्रा पारेको थियो । आकाशमा मडरिएको कालो वादल मन भित्र पनि मडारिइरहेको हुन्थ्यो । कतै हेलिकोप्टर ल्याण्ड हुन सक्दैनथ्यो त कतै ल्याण्ड भए पनि फेरी उड्न समस्या हुनथ्यो । लगातारको वर्षा सहित प्रतिकुल मौषम अनि राहतका सामाग्रीको अभावले पीडामाथि वज्र प्रहार गर्दथ्यो । यत्र तत्र सर्वत्र अभाव पिडामा थियो। त्यसवेला सवैले भन्ने गर्थे यस्तो पिडा कहिले देख्न नपरोस……………