मङ्लबार, बैशाख १८, २०८१

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथो पटक प्रदेशसभाबाट विश्वासको मत लिँदै

 काठमाडौं बैशाख ४,

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । सत्ता गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिन लागेको हो ।

 १ सय ७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार चौथो पटक प्रदेशसभाबाट विश्वासको मत लिँन परेको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री यादवले पछिल्लो केन्द्रीय सत्ता गठबन्धन आवद्ध दल जसपा , नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा सहजै विश्वासको मत प्राप्त लिने देखिन्छ ।