मङ्लबार, बैशाख १८, २०८१

प्रतिलिटर ३ रुपैयाँको दरले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं बैशाख ३,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगम सञ्चालक समितिको आज बसेको बैठकले भारतबाट मूल्य बढेर आएको भन्दै आजै राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।