मङ्लबार, बैशाख १८, २०८१

बढ्दो धोकाधडीसंगै एकीकृत समाजवादी केन्द्रीय सत्ता गठबन्धन छोड्ने तयारीमा

 मधेस र बागमती प्रदेश सरकारमा समेत चुलियो असन्तुष्टि

काठमाडौं बैशाख ३,
केन्द्रीय सत्ता गठबन्धन आवद्ध ५ दलभित्र बढ्दो सत्ता उन्मादका कारण पछिल्लो समय सिर्जित खटपट छताछुल्लन हुने क्रम बढेको छ।

गठबन्धन आवद्ध एकीकृत समाजवादीलाइ पार्टी दर्जानी समेत नदिइ माओवादी केन्द्र एमाले , जसपा र रास्वाले गर्दै आएको व्यवाहरका कारण मौजुदा सत्ता गठबन्धन बनेको छोटो अवधिमानै आरोप प्रत्यारोप र खटपट शुरु भएको हो ।

एकीकृत समाजवादीले पूर्वसहमति कार्यान्वयन नगरेको जनाउ दिदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा विपक्षी नेपाली कांग्रेसलाई साथ दिएर नेकपा एकीकृत समाजवादीले अराजनीतिक प्रवृत्ति सहित गठबन्धनलाई कमजोर बनाउन खोजेको आरोप समेत लगाएका छन ।

यसवीचमा एकीकृत समाजवादीले केन्द्रीय सत्ता गठबन्धन बन्दै गर्दा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको एकीकृत समाजवादीलाई दिने सहमति भएको भए पनि अहिले पूर्वसहमति विपरित प्रदेश सरकारको नेतृत्व नाउपालाइ दिने निर्णय गरेकोमा आक्रोस व्यक्त गर्दै एमाले र माओवादीबाट धोका पाएसंगै गठबन्धन छोड्ने मानसिकता समेत बनाइसकेको सम्वद्ध स्रोतले जनाएकोछ ।

गठबन्धन दल अन्र्तगत एमाले र माओवादीले आफ्नो पार्टीलाइ स्पेस दिने विषयमा यसअघि राष्ट्रिय सभाको उपाध्यक्ष तथा मनोनीत सदस्यमामात्र नभइ प्रदेश सरकारको मुख्यमन्त्रीको विषयमा समेत उपेक्षा गर्दै आफुहरुलाइ उपयोग मात्र गरेको जनाएको छ ।

स‍ुदूरपश्चिमा ४ बागमतीमा ७, मधेस ७ सांसद् रहेका एकीकृत समाजवादीले आफुहरुमाथि हुँदै आएको उपेक्षा र हेपाह प्रवृतिका कारण पछिल्लो समय मौजुदा गठबन्धन छोड्ने मानसिकता सहित सुदूरपश्चिम प्रदेश सरकार गठनको क्रमममा नाउपाका रेशम चौधरी समूहका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्दै नेपाली कांग्रेस, राप्रपासँगको गठबन्धनमा आवद्ध भएसंगै केन्द्रीय गठबन्धनमा खटपट शुरु भएको हो ।

समाजवादीको प्रस्तुत निर्णयपछि गठबन्धन दल आवद्ध शिर्ष तहको छलफल नै अवरुद्धमात्र भएको छैन बागमती र मधेस प्रदेशमासमेत एकीकृत समाजवादी सरकारबाट बाहिरिने तयारी गरेको बुझिएको छ ।