मङ्लबार, बैशाख १८, २०८१

एकीकृत समाजवादीले गठबन्धनलाई कमजोर बनाउन खोजेको ओलीको आरोप

काठमाडौं बैशाख ३,
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा विपक्षी नेपाली कांग्रेसलाई साथ दिएर नेकपा एकीकृत समाजवादीले अराजनीतिक प्रवृत्ति सहित गठबन्धनलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।

सोमबार पार्टी संसदीय दलको बैठकलाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चालेको कदम अराजनीतिक भएको आरोप सहित सुदूरपश्चिम प्रदेश सरकार गठनको क्रममा कांग्रेस नजिक भएर सत्ता समीकरणलाई कमजोर बनाउने भूमिका निर्वाह गरेको भन्दै आक्रोश व्यक्त गरेको हो ।

त्यस्तै अध्यक्ष ओलीले नामका अगाडि कम्युनिस्ट राख्ने तर कांग्रेसको सेवामा हाजिर हुनेहरुसँग एकता गरेर पार्टी बलियो नबन्ने दाबी समेत गर्नुभयो ।