मङ्लबार, बैशाख १८, २०८१

आज चैते दशैं, देवी दुर्गाको पूजा आराधना गरी मनाईंदैं

 काठमाडौं बैशाख ४,
आज चैत्राष्टमी अर्थात चैते दशैं देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ । चैते दशैं मनाउने क्रममा देशभरका शक्तिपीठसंगै उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा भक्तजनको विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ।

चैते दशैंको अवसरमा भगवतीका मन्दिरहरुमा पूजापाठका साथ पशुबलि चढाउने चलन छ । वर्षको दुईपटक चैत र आश्विनमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको हिन्दु धर्मशास्त्रहरुमा उल्लेख छ । त्यस्तैगरि आजका दिन हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिने प्रचलन समेत रहिआएको छ ।