शनिबार, बैशाख १५, २०८१

दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वय सहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ चैत १५,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरे मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम परामर्श सेवा खरिद कार्यमा उनीहरुविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपियाँ गैरकानुनी लाभ लिदै भष्टाचार गरेको अभियोगमा उनिहरुविरुद्ध आज मुद्धा दायरभएको बताउनुभयो ।

आयोगले मुद्धा दायर गरेका भ्रष्टाचारका आरोपी हरुमा क्रमस प्राधिकरणका तत्कालीन निर्देशक वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवती राम पन्थ, सहायक निर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, प्रतीक्षा पौडेल र नीराजन कोइरालासंगै परामर्शदाता न्युमेरा जेभी रहेका छन ।

त्यस्तै आयउोगले कम्पनी न्योमेरा, मलेसिया, नमस्ते ग्लोबल, सिंगापुर, ओएसआइ डिजिटल प्रालि, इण्डिया संगै मक्पनी सम्वद्ध मोहद नुर अमिन बिन मोहद नुर खान, मोहम्मद सिहाब बिन कुन्ही मोहम्मद, अनुज सिं, जमिल अहमद्, कविन्द्र राज मल्लवविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर भएको जनाएको छ ।