शनिबार, बैशाख १५, २०८१

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाले ध्यानाकर्षण सहित बुझायो २६ बुँदे सुझाव

काठमाडौ चैत १५,
राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई वीर अस्पतालमा दैनिक रुपमा २७र २८ वटा आईसीयू र भेन्टिलेटरसहितका बेड खालि रहने तर आमनागरिक ती सेवाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाबारे ध्यानाकर्षण सहित स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ ।

मन्त्रालयमा आज धारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको ुडुप्लिकेसनुबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग सहित रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य सम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो ।

त्यस्तै २६ बुँदे सुझाव पत्रमा स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी अझ सशक्त, सहज र पारदर्शी बनाउनका स्वतन्त्र ुथिङ्क ट्याङ्कु बनाउनुपर्ने , बिमित एवं सेवा प्रदायकको सूचना तथा सञ्चारका लागि तीन अंकको हटलाइनको व्यवस्था गर्नपर्ने जस्ता सुझाव समेत समावेस रहेको छ ।