शनिबार, बैशाख १५, २०८१

मन्त्री चौधरी र फिनल्याण्डका राजदुतवीच शिष्टाचार भेट

काठमाडौ चैत १५,
आज महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरी र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेटवार्ता भएको छ।  आज मन्त्रालयमा भएको भेटवार्ताको क्रममा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका लागि दुई पक्षवीच कुराकानी भएको छ ।

भेटवार्ताको क्रममा त्यस्तै मन्त्री चौधरीले नेपाल फिनल्याण्डवीच कूटनीतिक सम्बन्ध कायम भएको ५० वर्ष पूरा गरेकोमा खुशी व्यक्त गर्दै दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व रहेको जनाउ संगै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमणको आदानप्रदान आवश्यक रहेको बताउनुभयो ।

 त्यस्तै उहाँले आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायहरूको उत्थान गर्ने प्रयासहरूमा फिनल्याण्डको सहयोग नेपालको लागि फलदायी हुने विस्वास ब्यक्त गर्दै उहाँले कोभिड १९ को कठिन समयमा नेपाललाई सहयोगको हात बढाएकोमा फिनल्याण्ड सरकार र जनतालाई धन्यवादज्ञापन समेत गर्नु भयो ।

भेटवार्ताको क्रममा राजदुत रिना रिक्का हेक्काले नेपाल र फिनल्याण्ड विचको सम्बन्ध प्रगाढ बनाउन द्विपक्षीय विकासका लागि सहकार्य गरेर जाने बताउनु भयो ।