शनिबार, बैशाख १५, २०८१

महानगरको सूचना वोर्ड कसले चोर्‍यो ?

 काठमाडौ चैत १४,

काठमाडौं महानगरले चक्रपथ निर्माणको सूचना दिनका लागि राखेको बोर्ड चोरी भएको छ ।  महानगरले आयोजनाको काम २०१५ मा सक्नु पर्ने समझदारी भएपनि २०२४ लाग्दा समेत नसकिएको र यसबाट स्थानीय वासीन्दाले अनेकन समस्या झेल्नु परेको अवस्थालाइ दृष्टिगत गर्दै कलंकी देखी बसुन्धारा सम्मका नौ क्षेत्रमा आयोजना सुरु भएको मिति, सक्नुपर्ने मितिसंगै र निर्माण गर्ने कम्पनीको नाम उल्लेख गरेर बोर्ड राखेको हो ।

त्यस्तै महानगरले राखिएको वोर्डमा चक्रपथ सुधार आयोजना महानगरको मातहत नभइ नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालयको समन्वयमा साङ्गघाइ कन्स्ट्रकसन कम्पनी चीन रहेको जानकारी सहित राखेको वोड हराएसंगै यत्र तत्र सर्वत्र चर्चा परिचर्चा भएको हो । यहाँसम्की महानगले बोर्ड चोरी भएको भन्दै महानगरले दोषीलाई कारबाही गर्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार समेत गरेको छ।

यसैवीच महानगर प्रमुख बालेन साहले आफ्नो सामाजिक सञ्जालमा वोर्ड हराएको सूचना भन्दै समय सकिएको ९ बर्षको अन्तरालमा पनि आयोजनाको काम नसकेपछि जनजनको जानकारी लागि राखिएको वोर्ड समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले कथित अल्टिमेटमको समय सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् ।

त्यस्तै आयोजना प्रताडित जनताको आवाज नसुन्ने र दुख नदेख्ने निर्माणकर्ताहरूले १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न । यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस् भन्दै मार्मिक एव अर्थपूर्ण स्टाट्स लेखेका छन ।