सोमवार, बैशाख १७, २०८१

मधेश प्रदेश: कांग्रेसका मन्त्रीत्रयको बर्खास्तीसंगै सरकारमा एमाले सहभागी

काठमाडौं चैत ५,
केन्द्रीय सरकारमा भएको सत्ता परिवर्तनपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यसअघिको सत्ता गठबन्धन अन्र्तगत कांग्रेसबाट मन्त्री बनेका तीन मन्त्रीलाई बर्खास्त गरेका छन ।  काँग्रेस मन्त्रीत्रयको बर्खास्तीसंगै मुख्यमन्त्री यादवले एमाले नेतालाई सरकारमा सहभागी गराएको हो ।

मधेश प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बने पछि काँग्रेस बर्खास्तीमा परेका मन्त्रीत्रयमा क्रमस स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, भौतिक पूर्वाधारमन्त्री कृष्ण यादव र गृहमन्त्री मोहम्मद समिम रहेका छन ।

काँग्रेसमन्त्रीत्रयको बर्खास्तीपछि मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै सोमबार मन्त्रीपरिषद् पुर्नगठन गर्नुभएको हो । पुर्नगठित सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नेकपा एमालेका सरोजकुमार यादवले सपथ लिनुभएको हो ।