बिहिबार, बैशाख २७, २०८१

भ्रमण, गोष्ठी घटाउदै वार्षिक लक्ष्य प्राप्तिमा सक्रिय हुन महानगर प्रमुखको निर्देशन

 काठमाडौँ चैत ४,
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले विभागीय प्रमुखहरुलाई विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ।

चालु आर्थिक बर्षको ६ महिनामा प्राप्त भएका उपलब्धी, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अबलम्बन गरिएका उपायका विषयमा छलफलको क्रममा प्रमुख साहले निर्धारित लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै , भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन समेत निर्देशन दिदै नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु नपर्ने बताउनुभयो

गलत गर्नु हुँदैन । गल्ती गर्नेलाई कारवाही हुनु, राम्रो गर्नेलाई प्रोत्साहन हो ।’ भएको जिकिर सहित उहाँले ‘गएको बर्षको तुलनामा यस बर्ष गुनासा कम छन् । सुधारका संकेतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनु, भौतिक प्रगति कति भएको छ, हेर्नू ।

काम भइसकेपछि भुक्तानी नरोक्नु । उहाँले बर्षौँसम्म काम गरिरहेका कर्मचारीहरुको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै भन्नुभयो, ‘धेरै कार्यक्रमहरुमध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस भनेर हामीले महानगर गौरव र स्वर्णिय योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन विभागीय प्रमुखहरुको हो । यसलाई प्राथमिकता राख्नु समेत निर्देशन दिनुभएकोछ।