बिहिबार, बैशाख २७, २०८१

टेलिकमका प्राविधिक अधिकृत सिटौलाविरुद्ध एक करोड ६१ लाखको भ्रष्टाचार मुद्दा दायर

 काठमाडौं चैत ४,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत [निर्माण तथा मर्मत] निर्मलप्रसाद सिटौलाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले डेढ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा ने प्राविधिक अधिकृत सिटौलाले सूर्यविनायक(धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाको ठेक्का लिएर प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी एक करोड ६१ लाख २० हजार ४०० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा निज विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरे अनुसन्धानका क्रममा नेपाल टेलिकमको विनास्वीकृति निजी कम्पनीको शेयर खरिद गरी संस्थापक शेयरधनी बनेर कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९/७० देखि काम गरिरहेको, पारिश्रमिकवापत रकम बुझेको भेटिएको जानकारीसंगै निजले विभिन्न ठेक्कापट्टासमेतमा सामेल भएर हिमडुङ एण्ड थोकर कन्ट्रक्सन प्रालि कम्पनीबाट ४५ लाख १७ हजार ५०० रुपैयाँ पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५०४ रुपैयाँसमेत गरेर जम्मा एक करोड ६२ लाख २० हजार चार गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको जानकारी दिनुभयो ।

त्यस्ते दायर मुद्धामा आयोगले सिटौलाले गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एक करोड ६२ लाख २० हजार चार रुपैयाँ बिगो कायम गर्दै सजाय तथा गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत गर्नुपर्ने मागदावी लिएको छ ।