बिहिबार, बैशाख २७, २०८१

पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पुनलाई आठ दिन हिरासतमा राख्न अदालतको अनुमति

 काठमाडौं चैत ४,

 पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको छ । काठमाडौंबाट शुक्रबार पक्राउ परेका दीपेशमाथि प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिना तथा सुन तस्करीप्करणमा अनुसन्धान गरिरहेको छ ।

सुप्रिम बचत तथा ऋण सहकारीसंस्थाका संस्थापक कोषाध्यक्ष समेत रहेका र संस्थापक अध्यक्ष जीबी राई ििवरुद्ध ८३ करोड रुपैयाँ हिनामिना भएको भन्दै एक हजार ७३० सहकारीपीडितले उजुरी दिएका थिए । अध्यक्ष जीबी राई भने फरार छन् ।

 त्यस्ते पूर्वउपराष्ट्रपतिका छोरा दीपेश र उना दाइ जितेन्द्र पुनविरुद्ध ६० किलो सुन तस्करीको आरेप समेत रहेको छ। यसअघि जितेन्द्र पुनको सुन तस्करसँग तमसुक गरेको भिडियो नै सार्वजनिक भइसकेको छ ।