बिहिबार, बैशाख २७, २०८१

स्वर्णिम योजना अन्र्तगत महानगरले औषधि बिक्री वितरणका लागि सुलभ फार्मेसी सञ्चालन गर्ने

काठमाडौँ चैत २,

काठमाडौँ महानगरले महानगर स्वर्णिम योजना अन्र्तगत न्यूनतम मूल्यमा औषधि बिक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको छलफलपछि फार्मेसी सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा फर्मासिस्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन रहेको समिति गठन गर्दै फार्मेसी’सञ्चालनको अवधारणालाइ कार्यान्वयन गर्न लागेको हो । गठित समितिलाइ अवश्यक पूर्वाधार निर्माणका लागि सात दिनको कार्यादेश दिइएकोछ।

फार्मेसीको आवश्यकता औचित्यमाथि प्रकाश पार्दै औषधिमा उपभोक्ताहरु ठगिएका छन् । मारमा परेको जनाउसंगै नेपालमा करिब १८ हजार ब्रान्डकाका औषधि आयात हुने गरेको महानगरको तथ्यांक छ। त्यसमध्ये नेपालमा उत्पादित १२८ र विदेशी ३५० कम्पनीका औषधि रहेका छन्। नेपालमा वार्षिक करिब ७० अर्बको औषधि खपत हुने गरेको बताए ।

त्यस्तै उहाँले उत्पादकदेखि उपभोक्तासम्म पुग्दा ४० प्रतिशतसम्म कमिसनमा जाने गरेको छ । सुपर थोक विक्रेता र थोक विक्रेताले ५ देखि २५ प्रतिशतसम्म र खुद्रा विक्रेताले १६ प्रतिशतसम्म कमिसन लिने गरेका कारण महानगरले सुलभ औषधि पसल सञ्चालन गर्न चालु आर्थिक बर्षका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो ।

त्यस्तै वरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाईँले विद्यमान औषधिको बजारमा ‘कतिपय औषधिमा कमिसनका अतिरिक्त १० प्रतिशतदेखि २ सय प्रतिशतसम्म बोनस दिएर औषधि विक्री गर्ने गरिएको र धेरै औषधि खरिद गर्दा नेट रेट भन्ने चलन छ । यो भनेको अंकित खुद्रा मूल्यभन्दा ४ गुणासम्म सस्तो हुन्छ । यसरी हेर्दा उपभोक्ताहरु ३५ रुपैयाँमा पाइने औषधिलाई १५० रुपैयाँसम्म तिर्न वाध्य भएको बताए ।

त्यस्तै उहाँले उपभोक्ता स्वास्थ्य सुरक्षासंगै सुनिश्चित मूल्यमा गुणस्तर औषधि सेवन गर्न पाउँन भन्ने लक्ष्य सहित सुलभ औषधि पसल सञ्चालनको अवधारणा कार्यान्वयनमा ल्याउन अनिवार्य भएको बताए ।  साथै फर्मासिष्ट हुमागाईँले नेपालमा वार्षिक करिब ७० अर्बको औषधि खर्च हुने गरेको छ । यसमा नेपाली उद्योगको ५५ प्रतिशत र विदेशी औषधि ४५ प्रतिशत खपत हुने गरेको तथ्याङ्क देखाउँदै, नेपालमा करिब १८ हजार व्राण्डका औषधि आयात हुने बताए ।