बिहिबार, बैशाख २७, २०८१

कांग्रेस र एमाले सक्छ भने मिलेर देखाउँन प्रम प्रचण्डको चुनौती

 काठमाडौं फागुन ३०,

प्रधानमन्त्री प्रचण्डले ठूला दलहरुलाई मिलेमा आफूहरु प्रतिपक्षमा बसेर राष्ट्रियता सुदृढीकरणमा लडिरहने बताएका छन् ।  प्रतिनिधिसभाको आजका बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको प्रस्तावमाथि छलफलमा उठेका जिज्ञासाको जवाफ दिनेक्रममा ठूला दलहरु मिल्दैमा आफूहरु नडराउने र सक्छ भने मिलेर देखाउँन प्रम प्रचण्डको चुनौती दिएका छन ।

यसअघि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले एमाले र कांग्रेसलाई पालैपालो धोका दिएकाले उनीहरू मिलेर अघि बढे भने प्रधानमन्त्री दाहालको अवस्था के हुन्छ भन्ने कुरा सबैले बुझेको विषय भएको प्रसंग उठान भएसंगै प्रम प्रचण्डले यस्तो चुनौती दिएको हो ।

 ‘ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ?  यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो । मेरो त कामना छ, तपाईँहरु मिल्नुस् । तपाईँहरु सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा संविधानको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहन्छ, तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ भन्ने सोच्नुभएको छ भने त्यो भ्रम सिवाय केहि होइन भन्दै उहाँले विगतमा सबै मिलेर ‘टाउको काट्न खोजेको स्मरण समेत गरे ।

 साथै उहाँले ठूला दल मिल्ने धम्की नदिन भन्दै यदि मिलिहालेपनि प्रचण्ड वा माओवादी ‘डराउँछ भन्ने ठान्नु भएको छ ? त्यस्तो हुँदैन । सक्नुहुन्छ मिलेर देखाउँन चुनौती समेत दिए ।’