बिहिबार, बैशाख २७, २०८१

सरकारको न्यूनतम साझा कार्यक्रम आजै : प्रम प्रचण्ड

काठमाडौं फागुन ३०,

प्रधानमन्त्रीप्रचण्डले नयाँ सत्तागठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रम प्रचण्डले सरकार गठनमा सहभागी दलहरूले न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको जानकारी दिदै आज बेलुकासम्ममा सार्वजनिक हुने बताउनुभयो ।

साथै उहाँले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनुको विकल्प नरहेको भन्दै न्यूनतम साझा कार्यक्रम नै सरकार सञ्चालनको मूल आधार हुने बताउनुभयो ।

त्यस्तै सत्ता गठबन्धन पुनर्गठनसँगै पुँजीबजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन प्राप्ति संगै मिटरब्याजपीडितसँग सहमति भएको र आरती शाहसँग सम्बन्धित समस्या पनि टुंगिएको बताउनुभयो ।