शनिबार, बैशाख १५, २०८१

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

 काठमाडौं फागुन २९,
राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज बसेको राष्ट्रिय सभाको बैठकले दाहाललाइ अध्यक्षमा निर्वाचित गरेको हो ।

त्यस्तै कांग्रेसको थर्फबाट राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार रहेका युवराज शर्माले १७ मतप्राप्त गर्दै गर्दा दाहालको पक्षमा ३९ मत पाएसंगै दाहाललाइ निर्वाचित भएको घोषणा गरिएको थियो ।

दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो भने कांग्रेसका शर्मालाई लोसपाले समर्थन गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।