बुधबार, बैशाख २६, २०८१

यस्तो छ सत्ता गठबन्धनका ५ दलबीच भएको ७ बुँदे सहमति

काठमाडौं फागुन २९,
सत्ता गठबन्धनका दलबीच ७ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच आज ७ बुँदे लिखित सहमति भएको हो ।

सहमति पत्रमा पाँच राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएको जिकिर सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने प्रतिवद्धता अभिव्यक्त गरिएको छ।

सहमतिमा केपी ओली, पुष्पकमल दाहाल ’प्रचण्ड’, माधव कुमार नेपाल, रवि लामिछाने र उपेन्द्र यादवले हस्ताक्षर गरेको उक्त सहमति पत्रमा हस्ताक्षरभएसंगै प्रम प्रचण्डलाइ नकेपा एसले समेत विस्वासको मत दिने र आज हुँदै गरेको राटियसभा अध्यक्षको निर्वाचनमा समेत सहयोग गर्ने भएको हो ।

यस्तो छ सहमतिपत्रमा उल्लेख भएको दफागत व्यवस्था :