बुधबार, बैशाख २६, २०८१

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै

काठमाडौं फागुन २९,
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

राष्ट्रियसभाको अध्यक्ष पदमा पहिलो प्रस्ताव युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष आनन्द प्रसाद ढुङ्गानाले प्रस्तुत गर्नेछन् भने दोस्रो प्रस्ताव गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

५७ सदस्यीय राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य रहेका छन भने एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद सदस्य रहका छन् । समग्रमा राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धन आवद्ध दलसंग छभने काँग्रेसका उम्मेदवार शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् ।