बुधबार, बैशाख २६, २०८१

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने

काठमाडौं फागुन २७,

नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई अघि सार्ने भएको छ ।  सभापति शेरबहादुर देउवानिवासमा आइतबार साँझ बसेको संसदीय दल कार्यसमिति बैठकले शर्मालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेस बाँकेका पूर्वसभापति एवम लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित शर्माले राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि सोमबार मनोनयन दर्ता गर्ने निर्णय भएको बुझिएको छ।

यसअघि कृष्ण प्रसाद सिटौलाको नाम चर्चामा रहेको थियो । स्मरण रहोस राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद रहेका छन ।