बिहिबार, बैशाख २७, २०८१

शेर्पा समुदायले आज २१५१औं ग्याल्पो ल्होसार मनाउदै

काठमाडौं फागुन २८,
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम गरी धुमधामसँग मनाइँदै छ। शेर्पा समुदायले नयाँ वर्षका रुपमा ग्याल्पो ल्होसार मनाउने गर्छन्। आज २१५१औं ग्याल्पो ल्होसार मनाउन लागिएको हो।

मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन छ। शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन्।

पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ। पर्वको अवसरमा ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड लगायतले शुभकामना दिँदै यस्ता पर्वले सांस्कृतिक विविधताको संरक्षण र एकतामा बल पुग्ने बताएका छन् भने सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।