शनिबार, बैशाख १५, २०८१

राजधानीमा Dafa & Eastern Melodies बृहत साङ्गेतिक कार्यक्रम हुँदै

 काठमाडौं फागुन २६,

जयश्री संगीत समाजले आइतवार राजधानीस्थित राष्ट्रिय नाचघर, जमलमा“Harmony of Tradition”(Dafa & Eastern Melodies) नामक बृहत साङ्गेतिक कार्यक्रमको आयोजना  गर्ने भएको छ।

एक दशक अघि साङ्गेतिक क्षेत्रको उन्नयन संगै कलाकारको सम्मानका लागि तवला वादक स्व रविनलाल श्रेष्ठका शिष्यहरुको अगुवाइमा स्थापित भएको समाजले स्थापनाकाल देखि नै यस समाजले विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छन ।

सरोद वादनको विशेष प्रस्तुति रहेको“Maestro Duets On Sarod सितार वादनलाई विशेष स्थान दिइएको  The Moods Of Meed  ,सितार वादनको विशेष प्रस्तुतति रहेको  The Moods Of Meed,  भुटानी लोकप्रिय गायक  मधुकर लोहनीको एकल सांगीतिक साँझ, भारतका पद्मविभूषणवाट सम्मानित विश्व विख्यात वाँसुरी वादक पं.श्री हरिप्रसाद चौरासिया ज्यूको सांगीतिक प्रस्तुति Pandit Hariprasad Chaurasia Live In Concert, भारतका बरिष्ठ नृत्यांगना शिखा खरेको सांगीतिक प्रस्तुति  Kathak Rhythms & Expressions संगै  नेपाल भाषाका जनगायक  भृगुराम श्रेष्ठको  एकल गायन Maya Re Ratnaजस्ता महत्वपूर्ण कार्यक्रमको समेत आयोजना गरिसकेका  छन ।

त्यस्तै भारतका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बांसुरीवादक अश्विन श्रीनिवासन र पछिल्लो  पुस्ताका प्रख्यात तबलावादक ओजस अढियाको विशेष प्रस्तुति रहेको Nad Rang” (Colours of Sound)  सांगीतिक कार्यक्रम    आयोजना  गर्दै  नेपाली  साङ्गेतिक  क्षेत्रमा  वेग्लै पहिचान बनाउँन सफल जयश्री संगीत समाजले   यसपटक Harmony of Tradition” (Dafa & Eastern Melodies)   बृहत सांगीतिक कार्यक्रमको आयोजना   गर्न लागेको हो ।

नेवार समुदायमा प्रचलित परम्परागत संगीतलाई संरक्षण गर्ने उद्देश्यले अयोजना हुन लागेको प्रस्तुत कार्यक्रममा भगवान गणेशको चर्या नृत्यका साथै एक दर्जन भन्दा बढि युवा कलाकारहरुले खीं, ताः, बबु, तबला, नगडा, पच्छिमा, पोंगा, सितार, बाँसुरि, हार्मोनियम, सारंगी आदि बाजाको साथ गणेश ग्वाराको दाफा गायन प्रस्तुत गरिने जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा सरोद र सितारको शास्त्रिय संगीतको प्रस्तुति अन्र्तगत वरिष्ठ सरोद वादक सुरेश राज बज्राचार्य, सितारमा युवा सितार वादक बिजय लाल श्रेष्ठ र लक्ष्मी प्रसाद डंगोल र निमेस कपालीको तवला वादनसंगै दर्जनौं  कलाकारहरुको सामूहिक प्रस्तुति बाद्यवृन्द समेत प्रस्तुत हुने उल्लेख गरिएको छ ।