बुधबार, बैशाख २६, २०८१

राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौं फागुन २६,
राष्ट्रिय सभाको अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने भएको छ। उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति फागुन २८ गते तय भएको संसद सचिवालयले जनाएको छ।

दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा पूर्वनिर्धारित फागुन २९ गते नै अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको संघीय संसद् सचिवालयले जनाएको हो।

त्यस्तै सचिवालयले आइतबार बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुने सचिवालयले जनाएको छ।