बिहिबार, बैशाख २७, २०८१

आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् : राष्ट्रपति

 काठमाडौं फागुन २५ ,

महाशिवरात्री पर्व, २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा महाशिवरात्रीको पावन अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको यथोचित संरक्षण एवं सम्वद्र्धन गर्न प्रण गर्न आवश्यक रहेको उल्ेख गर्दै “पूर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व भएको जिकिर गर्नुभएको छ ।

त्यस्तै बागमती सभ्यता विकास भएको तथा काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राखिराख्नका लागि सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको जिकिर गर्दै शुभकामना सन्देशमा उहाँँले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रीले बेजोड रूपमा प्रकट गरेको उल्लेख गर्नुभएको  छ ।

वैदिक परम्परामा शिवलाई मूलतः सम्हारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित रहेको उल्लेख गर्दै प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवं सुन्दरम’ प्राचीन लोकोक्तिका रूपमा रहेको तथा रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ भन्ने राष्ट्रपति पौडेलको आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।

त्यस्तै गरि शुभकामना सन्देशमा “निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्रि पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको बताउनुभएकोछ।

 नेपाली भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभइ समस्त हिन्दूका लागि पनि गौरवको विषय बताउनभएको छ।