बिहिबार, बैशाख २७, २०८१

आज विविध कार्यक्रम सहित ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

  काठमाडौं फागुन २५ ,

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालसहित विश्वभर नारी अधिकार, नारी शक्तिको सम्मान तथा सम्मानजनक अवसरका पक्षमा छलफल र बहस तथा विभिन्न कार्यक्रम गर्दै आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइन लागिएको छ ।

महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भने मल नारा सहित महिला अधिकारको सशक्तीकरणका लागि आज ११४औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिँदै छ ।

मुलत नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर ८ मार्चमा महिला दिवस मनाउने गरिन्छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैंगिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइरहेको छ ।