शनिबार, बैशाख १५, २०८१

युके पठाइदिन्छु भन्दै २९ लाख ८८ हजार ठगी गर्ने लिम्बु प्रहरीको फन्दामा

 काठमाडौं फागुन २४,

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युके पठाइदिन्छु भन्दै २९ लाख ८८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२५ भैसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बुलाई बुधबार दिउँसो प्रहरीले ललितपुरको भैसेपाटीबाट पक्राउ पक्राउ गरेको छ ।

लिम्बुले ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाई मासिक ४ लाख २० हजार रूपैयाँ तलबमा केयर गिभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको प्रहरीको अनुसन्धानको क्रममा खुलासा भएको हो ।

पक्राउ परेका लिम्वुलाइ थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।