बिहिबार, बैशाख २७, २०८१

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन, तीन बिना विभागीय मन्त्रीको सपथ

तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

नयाँ राजनीतिक गठबन्धन

काठमाडौं फागुन २१,

नयाँ राजनीतिक गठबन्धन अन्र्तगत प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। पुर्नगठित मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्रका तीन तीनदलका तीन सांसदले मन्त्री पदको शपथ लिएका हुन्।

बिना विभागीय मन्त्रायको सपथ लिने मन्त्रीहरुमा क्रमस एमालेबाट प्रमुख सचेतक पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले रहेका छन । उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

यसअघि प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद्‍ फेरबदल गर्दै तीन सदस्यीय बिना विभागीय मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा [९] बमोजिम मन्त्रिपरिषद् पुर्नगठन गर्दै कार्यविभाजन राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

शपथ ग्रहरण कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख लगायत नेपाल सरकारका उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।

 आज सपथ लिने तीनैजना मन्त्रीमध्ये तामाङले यसअघि खेलकुद मन्त्रीका पदम गिरीले स्वास्थ्यमन्त्रीको र अर्यालले श्रममन्त्रीको जिम्मेवारी वहन गरेका थिए।