बिहिबार, बैशाख २७, २०८१

प्रतिनिधिसभाको बैठक फागुन २४ सम्मकालागि स्थगन

काठमाडौं फागुन २१,
आज बस्ने प्रतिनिधिसभाको बैठक स्थगन गरिएको छ। आज विहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने तयारी रहेको थियो ।

यसअघि सभामुख देवराज घिमिरेले सरकारको नाममा पटक–पटक रुलिङ गरेका छन् । सभामुखको रुलिङपछि प्रधानमन्त्री प्रचण्डले आज सांसदले उठाएको प्रश्नको जवाफ दिनका लागि प्रधानमन्त्री कार्यालयले संसद् सचिवालयलाई पत्र पठाएर प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने जानकारी दिइएको थियो ।

तर एकाएक मुलुकको राजनितिमा आएको सत्ता गठबन्धनको नयाँ परिर्वतनसंगै आजको लागि तय भएको संसद बैठक स्थगन गरिएको हो ।
स्थगन भएको संघीय संसद्का दुवै सदनको बैठक फागुन २४ गते बस्ने संसद सचिवालयले सूचना जारी गर्दै जनाएको छ।