बिहिबार, बैशाख २७, २०८१

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी, मन्त्रीको लिष्ट तयार हुँदै

काठमाडौं फागुन २१,
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी रहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी रहेको प्रमको सचिवालयले जनाएको छ।

 प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल संगै मन्त्रिपरिषदमा सहभागी हुनेको नाम मा ग गरिएको जानकारी दिनुभयो ।

 प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेको ससचिवालयले जनाएके छ।