बिहिबार, बैशाख २७, २०८१

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

सुखानी सहिदका परिवारसँग भेट : 

काठमाडौं फागुन २१,

प्रधानमन्त्री प्रचण्डले सुखानी सहिदका परिवारसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीले आज बिहान सहिद सप्ताहका अवसरमा सुखानी सहिदका परिवारसँग भेट गर्नुभएको हो ।

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो ।  फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।  कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउन सुरु गरिएको छ ।

आजको भेटमा ती सहिद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।  भेटवार्ताको अवसरमा प्रधानमन्त्री प्रचण्डले “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेको जनाउ संगै नयाँ कम्युनिष्ट गठबन्धनको सुरुवात हुन गइरहेको बताउनुभयो ।