बिहिबार, बैशाख २७, २०८१

माओवादीको नेतृत्वमा एमाले, रास्वपा र जसपा सहितको नयाँ गठबन्धन सरकार बन्ने

 काठमाडौं फागुन २१,

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको माओवादी कांग्रेस सहितको मौजुदा मौजुदा सत्ता गठबन्धन भत्किएको छ । दलहरूसँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउन तयार भएका छन् ।

 आइतबार एमाले अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेतावीच भएको छलफल पछि केहि समय अघि सम्पन्न राष्टिय सभाको निर्वाचन र पछिल्लो समय काँग्रेस महासमिति बैठक पछि काँग्रेससंग चिढिएका प्रधानमन्त्री प्रचण्डले नयाँ कोर्सको आरम्भ भन्दै मौजुदा गठबन्धन भंग गर्ने प्रस्ताव गरेको हो ।

 प्रम प्रचण्डको प्रस्ताव मुताविक सोमबार विहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टा छुट्टै छलफलपछि गरेको नितिगत निर्णयपछि नयाँ गठबन्धन बन्ने निश्चित भएसंगै आजै नयाँ सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको नेतारुहले बताएका छन ।